Tuesday, August 13, 2013

विभिन्न जिल्लामा डुवेर ४ को मृत्यु

२९, साउन, जिल्ला । 
रुपन्देही मर्यादपुर–१ बस्ने कुमार अहिरको १४ बर्षीया छोरी सिमा अहिर र १२ बर्षीया छोरी बविता अहिरको डुबेर मृत्यु भएको छ । साउन २८ गते १७:३० बजे बाख्रा चराउन गएको अवस्थामा झरना खोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको थियो ।
त्यस्तै बर्दीयामापनि मनाउ–३ बस्ने ४६ बर्षीय छेदुलाल चौधरीको साउन २८ गते १९:३० बजे घर नजिकैको खेतको कुलोमा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको छ । 
भनेमोरङ डाागीहाट–८ बस्ने मुक्तिराज पौडेलको ९ बर्षीय छोरा सुजन पौडेलको साउन २८ गते १७:३५ बजे घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।